सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय - MirrorNepal.com

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेकाे कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हाे ।

काँग्रेसको केन्द्रीय नेतृत्वस्तरीय बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ। विशेष महाधिवेशनपछि गठित नयाँ कार्यसमितिले कार्यालयमै बसेर सञ्चालन गरेको यो पहिलो केन्द्रीय कार्यसमिति बैठक हो।

विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सर्वसम्मत रूपमा पार्टी सभापतिमा चयन भएका थिए। निर्वाचन आयोगले समेत थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई कानुनी मान्यता प्रदान गरिसकेको छ।

बैठकमा आसन्न प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित राजनीतिक तथा संगठनात्मक विषयहरू मुख्य एजेन्डाका रूपमा रहेका छन्। पार्टी स्रोतका अनुसार सभापति थापालाई प्रधानमन्त्री पदका लागि उम्मेदवारका रूपमा अघि सार्ने प्रस्तावसहित अन्य रणनीतिक विषयमा छलफल हुने कार्यक्रम थिए।

यसअघि पार्टीभित्रको संस्थापन समूहसँग सम्बन्धित युवा नेताहरू केन्द्रीय कार्यालयबाट बाहिरिएपछि नयाँ नेतृत्वले सानेपामा औपचारिक रूपमा कार्य थालनी गरेको हो।

तपाईको बिचार