काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भएको निर्वाचनमा मतदान समय सकिएको छ । मतदान प्रक्रिया सम्पन्न भएसंगै कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ ।
राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि सातै प्रदेशमा भएको मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान सुरु भएको छ। मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन्।
३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्।
आइतबार भइरहेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धनमा छन भने नेकपाले एक्लै चारवटै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ। जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवार दिएकी छन्।
त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको छ। जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम छ।
जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दासको उम्मेदवारी निष्क्रिय भएको हो। मतदान दिउँसो ३ बजेसम्म चलेको छ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत काेसी प्रदेशमा पनि मतदान सम्पन्न भएको छ। मतदान सुरु भएको २ घण्टामा प्रदेशसभा तर्फ ५० र पालिका तर्फ १७४ जनाले मतदान गरिसकेका छन्।
कोसी प्रदेशमा रिक्त रहेका तीन पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी रहेका दुई पदका लागि मात्र मतदान भइरहेको हो।
यस निर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धन र अर्कातर्फ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुँदै छ।
गठबन्धनका तर्फबाट दलित क्लस्टरमा एमालेका सोमनाथ पोर्तेल र महिला क्लस्टरमा एमालेकै रोशनी मेचे मैदानमा छन्। उनीहरूलाई चुनौती दिन नेपाली कम्युनिस्ट पार्टीले दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म सम्पन्न भएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र छन्। कोसी प्रदेशमा कुल ९३ प्रदेशसभा सदस्यमध्ये हाल ९२ जना र स्थानीय तहका २७४ प्रमुख-उपप्रमुखमध्ये २६९ जना मतदाता छन्।
केही जनप्रतिनिधि राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका कारण मतदाताको संख्या घटेको हो। हाल कोसी प्रदेशमा प्रदेशसभातर्फ ४ हजार ८ सय ७६ र स्थानीय तहतर्फ ५ हजार १११ गरी कुल ९ हजार ९ सय ८७ मतभार कायम छ।
माओवादीका गोपी अछामी, एमालेका देवेन्द्र दाहाल र इन्दु गौतमको कार्यकाल सकिएपछि रिक्त भएका यी पद भर्न यो निर्वाचन हुन लागेको हो। आउने फागुनमा राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ। तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
बाँकी १८ सदस्यमा पनि एक जना (कोसी प्रदेशमा खस आर्यतर्फ सुनिलबहादुर थापा) निर्विरोध निर्वाचित भइसकेकाले आज १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा १ सय ४३ जनाले मतदान गरेका छन् । मतदान सुरु भएको एकघण्टामा यो संख्यामा मतदान भएको हो ।
प्रदेश सभाका १ सय १० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता छन् ।
स्थानीय तहतर्फ २ सय ३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २ सय ३४ मतदाता छन् । स्थानीय तहका १ सय ११ र प्रदेश सभाका ३९ जनाले मतदान गरेका छन् ।
तपाईको बिचार