काठमाडौं । सामाजिक अभियान्ता युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
विभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने खालका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् गरेको देखेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा तथ्यहीन सामग्री प्रशारित गरी गाली बेइजती गरेको जिल्ला प्रहरी पसिर काठमाडौंले जनाएको छ।
पौडेलले महान्यायाधिवक्ता भण्डारीको बारेमा ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडिओ र दिएका अन्तर्वार्तामा झुटा आरोप लगाएको’ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।
तपाईको बिचार