काठमाडाैं । काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।
‘आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए,’ एसपी भट्टराईले भने, ‘आगलागीबाट होटल पूर्णरुपमा जलेको छ। क्षतिको विवरण भने आइसकेको छेन।’
उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको उनले बताए।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको बिचार