हरि रोकालाई जिताउन १०१ सदस्यीय स्वतन्त्र सहयोग समिति गठन - MirrorNepal.com

हरि रोकालाई जिताउन १०१ सदस्यीय स्वतन्त्र सहयोग समिति गठन


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत खोटाङका उम्मेदवार हरि रोकालाई जिताउने उद्देश्य राखेर काठमाडौंमा गणेश अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय ‘हरि रोका जिताऔँ स्वतन्त्र सहयोग समिति गठन’ भएको छ ।

सिम्पानी मावि, सिम्पानीको सेवा निवृत प्रधानाध्यापक  अधिकारीको संयोजकत्वको समितिमा सेवा निवृत जिल्ला शिक्षा अधिकारी शंकर कार्की, त्रिभुवन मावि, ऐसेलुखर्कका सेवा निवृत प्रअ लब कुमार राई, सेवा निवृत शिक्षक रामकाजी गुरुङ, बरिष्ठ  अधिवक्ता हरिन्द्र राई, पत्रकार भूपराज खड्कालगायत रहेका छन् ।

काठमाडौंमा शनिबार भएको भेलाले खोटाङको विकास र खोटाङे जनताको आवाज दह्रोसँग संसदमा राख्न सक्ने व्यक्तित्व रोका मात्रै भएको निष्कर्ष निकाल्दै सहयोग समिति गठन गरेको हो ।

संयोजक अधिकारीले सहयोग समिति कुनै पार्टी निकट नभएर राम्रो मान्छेलाई जिताएर खोटाङको आवाजलाई ‘स्ट्रङ्ग्ली संसदमा पुर्याउनु रहेको बताएका छन् । समितिमा कुनै पार्टीमा आस्थावान मात्र नभएर हरि रोकालाई जिताउन चाहने सबैलाई समेटेर अघि बढिने उनको भनाई छ । भेलाले हरि रोका हार्नु भनेको खोटाङले हार्नु सरह रहेको निष्कर्ष समेत निकालेको छ ।

भेलाले रोका आफैं कुनै दल वा पार्टीमा लागेको भन्दा पनि स्वतन्त्र वाम तथा अर्थ विश्लेषक रहेको र उनले तारा चुनाव चिह्न लिएर उठेकाले जेनजीदेखि खोटाङे सबैको साझा उम्मेदवार उनी नै रहेकोमा जोड दिएको छ ।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टी, खोटाङ–काठमाडौं सम्पर्क मञ्चले पनि हरि रोकालाई जिताउन १०१ सदस्यीय परिचालन समिति गठन गरेको छ । आज काठमाडौँमा भएको भेलाले  यस्तो निर्णय गरेको हो ।

तपाईको बिचार