काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन्। उनले सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन् । उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने बताइन् ।
उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि निर्वाचन गराउने बताइन् ।
उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको उल्लेख गरिन्।
“निर्वाचन जसरी पनि हुन्छ। यो आपत्कालीन अवस्था जस्तै हो, जसरी पनि गराउनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्। नयाँ प्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने पनि उनले स्पष्ट गरिन्।
उनका अनुसार यसपटकको निर्वाचनमा करिब ३१ देखि ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार, साधन र जनशक्ति व्यवस्थापनमा ठूलो खर्च लाग्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न देशबाट प्राप्त सहयोगले निर्वाचन सम्पन्न गर्न सहयोग पुगेको बताइन्।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको पनि बताइन्।
तपाईको बिचार