घरभित्र पसेको चितुवा उद्धार गर्ने क्रममा दुई जना घाइते - MirrorNepal.com

घरभित्र पसेको चितुवा उद्धार गर्ने क्रममा दुई जना घाइते


काठमाडौँ । तारकेश्वर नगरपालिका–१० मनमैजु मन्दिर नजिकै घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार दिउँसो करिब १ बजे चितुवाको आक्रमणमा दुई जना घाइते भएका थिए ।

मानिसलाई आक्रमण गरेपछि चितुवा नजिकैको घरभित्र पसेको थियो। उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयको टोली घटनास्थलमा खटिएको थियो। वन तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा चितुवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आक्रमणबाट मनमैजु नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन घाइते भएका छन् । उनलाई उपचारका लागि शुभम् अस्पताल मनमैजु लगिएको छ। उनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको बताइएको छ।

त्यस्तै ५५ वर्षीय मायानाथ वाग्ले पनि घाइते भएका छन्। उनको उपचारका लागि नेपाली सेनाको छाउनी अस्पताल पठाइएको छ। उनको दाहिने कान र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

तपाईको बिचार