आजबाट काठमाडौंमा मदिरा बेचबिखनमा रोक - MirrorNepal.com

आजबाट काठमाडौंमा मदिरा बेचबिखनमा रोक


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै आजबाट काठमाडौंमा मदिरा बेचबिखनमा रोक लगाइएको छ । आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना प्रकाशित गर्दै राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

‘काठमाडौँ जिल्लाभित्र मिति २०८२/११/१५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ,’ सूचनामा भनिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा आज रातिदेखि मदिरा बिक्रीमा रोक लगाएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएदेखि निर्वाचन अवधिभर मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो। मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा असर पर्ने भन्दै प्रशासनले मंगलबार मध्यरातदेखि वैशाख ३० गते साँझसम्म मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला,’ जारी सूचनामा उल्लेख छ।

तपाईको बिचार