रास्वपाको सचिवालय बैठक स्थगित - MirrorNepal.com

रास्वपाको सचिवालय बैठक स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि (आइतबार) बस्ने गरी सारिएको हो । बैठक आइतबार १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ ।

उता नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सम्पन्न भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । साथै समानुपातिक सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाउने पनि बताइएको छ ।

 

तपाईको बिचार