काठमाडौं। पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की भक्तपुरको गुन्डु पुगेकी छन् ।
प्रधानमन्त्री कार्की केहीबेरअघि आफ्ना पति दुर्गा सुवेदीलाई साथमा लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न गुन्डुस्थित निवास पुगेकी हुन्।
उनले ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
भेटका क्रममा कार्की र ओलीबिच केहीबेर कुराकानी भएको छ। त्यसक्रममा प्रधानमन्त्री कार्कीले ओलीका बुबाप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति समवेदन प्रकट गरेकी छन्।
ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी
यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। आइतबार पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
तपाईको बिचार