सुन चोरीको आरोपमा दुई जना पक्राउ - MirrorNepal.com

सुन चोरीको आरोपमा दुई जना पक्राउ


काठमाडौं । २६ तोला सुन चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निजर सापकोटा छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । ६ चैतमा कालोपुलको एक घरबाट उनीहरुले २६ तोला ८ आना र ३३ हजार मूल्यका चाँदीका गरगहना चोरी गरेको आरोप छ ।

उनीहरुबाट चोरीका सुनचाँदीका गरगहना बरामद भएको प्रहरीले बताएको छ । साथै चोरी गर्न जाँदा प्रयोग भएका खुकुरी, रड, तरबार, स्कुटर पनि बरामद भएको छ । नगद २ लाख ४९ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले बताएको छ ।

तपाईको बिचार