काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह बालेन चयन भएका छन् । रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो ।
योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । यसघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो ।
जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।
बालेन संसदीय दलको नेतामा चयन भएपछि रास्वपाका सभापति रवि लामिछानेले शुक्रवार प्रधानमन्त्रीको शपथ लिन लागेका वरिष्ठ नेता बालेन साहलाई बधाई तथा शुभकामना दिएका छन् ।
बालेनले शुक्रवार १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । भोलि नै दिउँसो २ः१५ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्दै छन् ।
तपाईको बिचार