बढेको भाडा विद्युतीय सवारीको हकमा लागु नहुने - MirrorNepal.com

बढेको भाडा विद्युतीय सवारीको हकमा लागु नहुने


काठमाडौँ । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारी साधनका हकमा लागु नहुने भएको छ। सरकारले बुधबार यात्रुवहाक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ ।

यो भाडादर विद्युतीय सवारी साधनको हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। इन्धनको मूल्यमा भएको बढोत्तरीको हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारी साधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ।

विभागका अनुसार कुल १३ वटा सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो। अहिले एक प्रदेशबाट एक वा सोभन्दा बढी प्रदेशमा जाने यात्रुबाहक र मालवाहक सवारी साधनका हकमा मात्र भाडा बढेको हो ।

छोटो दूरी अर्थातः एक शहर भित्र र प्रदेश भित्रको हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ।

तपाईको बिचार