नागरिक एपमा अन्य सुविधाहरु थपिँदै - MirrorNepal.com

नागरिक एपमा अन्य सुविधाहरु थपिँदै


काठमाडौं । अब छिट्टै नागरिक एप मार्फत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्न सकिने भएको छ ।

सूचना प्रविधि विभागका अनुसार एक साताभित्र पूर्ण कार्यान्वयनमा आइसक्नेछ । उक्त प्रणाली परीक्षणको चरणमा रहेको विभागले जनाएको छ । यही चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ३५ मा यो विषय उल्लेख थियो ।

सो बुँदा कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयसीमा सहितको कार्ययोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम गरिसक्न भनेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन समेत दिएका थिए ।

तपाईको बिचार