काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् ।
सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् । पदाधिकारीका लागि भएको मतदानमा १ हजार २८९ मत खसेको थियो ।
रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।
केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका थिए । गत ७ असारदेखि सुरु भएको महाधिवेशन पदाधिकारीको टुंगो लागेपछि सकिने छ ।
यसैगरी रास्वपाको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो।
महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
महामन्त्री जितेका आचार्य प्रतिनिधि सभा सांसद हुन्। उनी यसअघि सहमहामन्त्री थिए।
तपाईको बिचार