काठमाडौं । साउदी अरेबियाले ३३ नेपाली कैदीहरूलाई आममाफी दिएको छ । रमजान पर्वको अवसरमा साउदी अरेबियाले ३३ नेपाली कैदीहरुलाई आममाफी दिएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित कानुनी प्रक्रिया पूरा भएपछि आममाफी पाएका कैदीहरू नेपाल फर्किने मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली कैदीहरुलाई आममाफी दिएकोप्रति नेपाल सरकारले साउदी अरेयिबा सरकारप्रति आभार व्यक्त गरेको छ ।
‘नेपाल सरकारले रमजान १४४७ हिजरी (२०२६) को शुभ अवसरमा ३३ जना नेपाली कैदीहरूलाई माफी प्रदान गरेकोमा साउदी अरेयिबा सरकारप्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरेबियाबीचका दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा उच्च मूल्याङ्कन गरेको छ ।’
तपाईको बिचार