काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो।
आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो।
गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन्। आजै प्रदेश सभाको बैठक अघि सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा मिलेकाले छिट्टै सरकार विस्तार हुने अनुमान गरिएको छ। सहमति अनुसार नेकपा र एमालेले ३-३ मन्त्रालय लिने सहमत भएका छन्।
तपाईको बिचार