कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी - MirrorNepal.com

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी


  • Mirror Team ६ असार २०८२, शनिबार २२:२८:३७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

शनिबार, ७ असारमा  प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बैठकमा मन्त्रीहरू नआउने र मन्त्रालय थप्दै जाने भए समय पनि बढाउन आग्रह गरे । उनले संघीय निजामती ऐन संसद्‌मा पेस भएर पनि नआउँदा दुःख लागेको बताए ।आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका निम्ति कार्यदल बनाइएको भए पनि त्यो हाल नदेखिएको उनले उल्लेख गरे । कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको उनले जिकिर गरे ।

उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने भने पनि संसद्‌मा अझै विधेयक नल्याइएको भन्दै आपत्ति जनाए ।

तपाईको बिचार

सम्बन्धित खबर

लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
Mirror Nepal
१७ फागुन २०८२, सोमबार २२:३२:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई थप सुदृढ बनाउन प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई राजनीतिक इतिहासको जटिल परिस्थितिको निकासका रूपमा व्याख्या गरे। राष्ट्रपतिले भनेका छन्, ‘यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो।’ आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।’ निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ परिपक्व बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ।...