राप्रपामा उपनिर्वाचनको तयारी तीव्र - MirrorNepal.com

राप्रपामा उपनिर्वाचनको तयारी तीव्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुन गइरहेको उपनिर्वाचनका लागि सांगठनिक तयारी तीव्र बनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनसम्बन्धी आवश्यक निर्णयहरू गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले रुपन्देही जिल्ला समितिलाई सम्भावित उम्मेदवारको नाम छिटो पठाउन निर्देशन दिएको छ। साथै, उपनिर्वाचन लक्षित सांगठनिक तयारीका कामहरू तीव्र पार्न भनिएको छ।

बैठकले वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ। समितिमा निरञ्जन थापा, प्रदीप उदय र ताहिर अली सदस्यका रूपमा रहनेछन्।

बैठकले देशमा बढ्दो भ्रष्टाचारविरुद्ध अभियानको रूपमा अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस्तै, पछिल्लो समय चासोको विषय बनेको भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकमाथि पार्टीले गम्भीर आलोचना र टिप्पणी गरेको छ।

तपाईको बिचार