काठमाडौँ । काठमाडौँ महानगरले २५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँकाे बजेट ल्याएकाे छ। असार १० गते अनिवार्य ल्याउनु पर्ने बजेट ढिला गरी आइतबार ल्याइएको हो।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो । बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए। बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो।
बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो।
देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।
तपाईको बिचार