राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता - MirrorNepal.com

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


राष्ट्रपति पौडेल – प्रम ओली – भेटवार्ता काठमाडौँ, २५ साउनः राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुहुँदै । सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय÷रासस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगष्ट २०२५० आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्कीएका हुन्। आजको भेटवार्तामा समसामयिक अन्य विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

तपाईको बिचार