निफ्राद्वारा शेयरधनीलाई नगद लाभांश घोषणा - MirrorNepal.com

निफ्राद्वारा शेयरधनीलाई नगद लाभांश घोषणा


  • Mirror Nepal १९ भाद्र २०८२, शुक्रवार १२:४३:५८

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।

तपाईको बिचार

सम्बन्धित खबर