नेकपा-माओवादी केन्द्रकाे मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु - MirrorNepal.com

नेकपा-माओवादी केन्द्रकाे मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियान पुनः सुरु गरेकाे छ। जेठ २ गते बैतडीको  पाटनबाट सुरु भएर बर्खाको समयमा रोकिएको अभियान पुन: थालिएकाे हाे।

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाटै शनिबार (भाद्र २१ गते) देखि सुरु गरिएकाे हाे। अभियान लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पाेखरा पुगेका छन्।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो।

तपाईको बिचार