रुसद्वारा पहिलो पटक युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण - MirrorNepal.com

रुसद्वारा पहिलो पटक युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण


  • Mirror Nepal २१ भाद्र २०८२, आइतबार १५:१२:४८

काठमाडौं । युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले पहिलो पटक रुसले युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको बताएकी छन्।

“शत्रुको पहिलो आक्रमणले सरकारी भवनको छाना र माथिल्लो तलालाई क्षति पुर्‍यायो। उद्धारकर्मीहरूले आगो निभाउने काम गरिरहेका छन्,” स्विरिडेन्कोले फेसबुकमा लेखिन् ।

किभका मेयर भिटाली क्लिच्कोले सरकारी भवनमा आगलागी “कथित ड्रोन आक्रमण” का कारण भएको बताए।

क्लिच्कोले टेलिग्राममा भने – ‘भवन मध्य पेचेर्स्की जिल्लामा अवस्थित थियो र अग्निनियन्त्रकहरूले अझै पनि आगो निभाइरहेका छन्।’

किभका अन्य भागहरूमा पनि आक्रमणहरू भएका छन्। एउटा गोदाम, १६ तले आवासीय भवन र चार तले भवनलाई निशाना बनाइएको थियो।

युक्रेनी अधिकारीहरूले राजधानी किभमा राति गरिएको रुसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका छन्।

रुसले मध्य युक्रेनमा अवस्थित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा पनि आक्रमण गरेको छ।

आइतबार बिहानै किभमा धेरै विस्फोटहरू भए। यी मध्ये कम्तिमा एउटा विस्फोट शहरको केन्द्रमा भएको थियो, जुन बीबीसीले पनि देखेको थियो। धेरै क्रूज मिसाइलहरूले पनि किभलाई लक्षित गरेका थिए।

तपाईको बिचार

सम्बन्धित खबर

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु
इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १७:४५:०६

काठमाडौं । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ। इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। अन्य ज्यान गुमाउनेमा बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन्। तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छैन। अन्य ५८ जना सामान्य घाइते रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन्। युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरूले पनि संचारमाध्यमबाट जानकारी थाहा पाएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार हालसम्म इरानले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरेको छ। ती मध्ये १५२ ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको,  १३ वटा समुद्रमा खसेको र  दुई क्रुज क्षेप्यास्त्र पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ। साथै  इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको जनाइएको छ।