विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु - MirrorNepal.com

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु


  • Mirror Nepal ६ असोज २०८२, मङ्गलबार १४:४२:०६

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।

वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले महाधिवेशनको दबाब दिन हस्ताक्षर संकलन थालेका हुन् । सोमबार काठमाडौंमा बैठक गरी संस्थापन इतर समूहले जेनजी आन्दोलनपछिको विशिष्ट अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षसहित हस्ताक्षर थालेको हो ।

सो क्रममा एक सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकटहरु उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरुसँग मुकाविला गर्यौँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ,’ हस्ताक्षर पत्रमा उनीहरुले भनेका छन्, ‘तसर्थ यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’

उनीहरुले विगतका गल्तीहरु माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम नभएको पनि भनेका छन्।

कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।

भदौ २४ गतेको जेनजी प्रदर्शनकारीको आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा हाल उपचाररत छन् । उनले तत्काल पार्टीको बैठक बोलाउने वा महाधिवेशनबारे कुनै जवाफ दिने अवस्था छैन ।

तर, देउवा निकट पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भने ‘अभिभावकमाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तन गर्न खोज्नु अश्वाभाविक भएको’ बताउँछन् ।

हिजो पत्रकार सम्मेलन गरी महतले सभापति स्वस्था हुँदासम्म पर्खन नेताहरूलाई आग्रह गरेका थिए । यो अवस्थामा खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गर्ने अभियानमा अब नरोकिने बताउँदै आएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर

लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
Mirror Nepal
१७ फागुन २०८२, सोमबार २२:३२:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई थप सुदृढ बनाउन प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई राजनीतिक इतिहासको जटिल परिस्थितिको निकासका रूपमा व्याख्या गरे। राष्ट्रपतिले भनेका छन्, ‘यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो।’ आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।’ निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ परिपक्व बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ।...