काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा .बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।
तपाईको बिचार