नेकपा-माओवादी केन्द्रको सचिवालय बैठक सुरु - MirrorNepal.com

नेकपा-माओवादी केन्द्रको सचिवालय बैठक सुरु


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरू भएको हो ।

माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरेपछि पहिलो बैठक सचिवालय बैठक राखेको हो । असोज ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो।

बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

तपाईको बिचार