पार्टीभित्रै घेराबन्दी भयो, अब चुप नबस्ने थापाको चेतावनी - MirrorNepal.com

पार्टीभित्रै घेराबन्दी भयो, अब चुप नबस्ने थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टीभित्रबाटै घेराबन्दी भएको भन्दै अब चुप नबस्ने चेतावनी दिएका छन् ।

कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा सङ्ख्याको बलमा आफूहरूलाई हेपिए पनि बाहिर पार्टीपंक्तिको साथ आफूहरूसँग रहेको जिकिर गरे ।

उनले भने, ‘हाम्राविरुद्ध सबै लागेपछि मैले बैठकमा नेताहरूलाई भनेको छु, यहाँ मलाई र विश्वप्रकाशलाई यहाँ जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ, तर पार्टीका साथीहरूको घेरा ठुलो छ । समर्थकको घेरा ठुलो छ, साँघुरो घेराबाट फराकिलो घेरामा जान बाध्य पारिराख्नुभएको छ। तपाईँहरूले यहाँ सङ्ख्याको आधारमा दम्भ राख्नुभयो।’

उनले पार्टीपंक्तिमा जानको लागि आफूहरूलाई बाध्य बनाएको बताए। उनले आफूहरूले गरेको सङ्घर्षबारे अब पार्टीपंक्ति र समर्थकबीचमा गएर राख्ने बताए ।

तपाईको बिचार