काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सबै सिटमै उम्मेदवारी दिने भएको छ। नेकपाले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ । कांग्रेस र एमालेसँग तालमेल नमिलेपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो ।
नेकपा बाहिरिएसँगै कांगेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्। राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्।
कांग्रेस-एमालेले प्रचण्ड नेतृत्वको नेकपासँग पनि सहमतिको प्रयास गरेका थिए । तर, नेकपाले चार सिटको दाबी गरेपछि सहमति हुन नसकेको हो । कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदै छ। नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिएको छ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ।
यी हुन् उम्मेदवार
कोशी
खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने
मधेस
रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल
बागमती
प्रेमप्रसाद सापकोटा, सरोजकुमारी झा
गण्डकी
कपिल लामा,
लुम्बिनी
दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक
कर्णाली
बुद्धिप्रसाद शर्मा, अन्जु महतरा
सुदूरपश्चिम
टीकाराम जैशी, रोजी बस्नेत सुनार
तपाईको बिचार