रामुपानेका वरिष्ठ उपाध्यक्ष सायमीको समूह नेकपामा समाहित - MirrorNepal.com

रामुपानेका वरिष्ठ उपाध्यक्ष सायमीको समूह नेकपामा समाहित


काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमी नेतृत्वको समूह नेकपामा समाहित भएको हो।

सायमीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि सहभागी भएका छन्। नेकपाले सायमीलाई काठमाडौं ८ मा उम्मेदवार बनाउने तयारी गरेको छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमीले १३ हजार ७७० भाेट पाएका थिए ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता घोषणा सभामा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न, आवश्यकताअनुसार संविधान संशोधन गर्ने , राज्यका सबै अंगहरूमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा कार्यान्वयन गर्ने लगायत ६ बुँदे सहमति भएको छ ।

तपाईको बिचार