झलनाथ र बामदेव चुनाव नलड्ने - MirrorNepal.com

झलनाथ र बामदेव चुनाव नलड्ने


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले फागुन २१ को प्रतिनिधि सभा चुनाव नलड्ने भएका छन्।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउँदा खनाल र गौतमको नाम भने समेटिएको छैन ।

गौतमलाई बर्दिया १ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका हुन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले टिकट पाउने आशमा केही दिन पहिला राजीनामा दिएका थिए ।

गौतमले बर्दिया जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय सही नभएको भन्दै बर्दिया क्षेत्र नम्बर १ क्षेत्रबाट आफू उम्मेदवारी नदिने निष्कर्षमा पुगेको बताएका छन् ।

गौतमसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि निर्वाचन नलड्ने बताएका छन् ।

तपाईको बिचार