काठमाडाैं । सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौटी माग गरेको छ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो। मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले उनीसँग एक करोड रूपैयाँ धरौटी माग गरेको हो।
उक्त सहकारीकाे रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलिरहेको छ।सभापति लामिछानेले आफू निर्वाचनको उल्लासमा मिसिन नसकेको भन्दै दुखेसो गरेका छन्।
देशभर उम्मेदवारी मनोनयन भइरहँदा रविविरुद्धको सहकारी ठगी मुद्दामा देशका तीनवटा जिल्लामा मुद्दाको सुनुवाई भइरहेको छ। त्यसक्रममा पर्सा जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटी माग गरेकोहो ।
रविले चितनको क्षेत्र नं २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। उनी यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए।
तपाईको बिचार