देशभर उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न - MirrorNepal.com

देशभर उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न


  • Mirror Nepal ६ माघ २०८२, मङ्गलबार १७:५६:२८

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा गरिएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।

निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। सोमबार निर्धारित समयभित्रै मुख्य दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका छन्।

मुलुकभरका १६५ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि नै उम्मेदवारहरू बाजागाजा र समर्थकको जुलुससहित मनोनयन दर्ताका लागि पुगेका थिए। साँझ ५ बजेसम्म कार्यालय प्रवेश गरेकाहरूलाई दर्ताको समय दिइएकाले अन्तिम नामावली रातीसम्म मात्र यकिन हुने आयोगले जनाएको छ ।

झापा सामान्य विवाद र झडपका घटना भए पनि समग्रमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रहेको उनले बताए। अब आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने, दाबी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाउनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर

लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
लोकतन्त्रका लागि निर्वाचनमा सहभागी हुन राष्ट्रपति पौडेलको आह्वान
Mirror Nepal
१७ फागुन २०८२, सोमबार २२:३२:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई थप सुदृढ बनाउन प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन सबै नागरिकलाई अपिल गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई राजनीतिक इतिहासको जटिल परिस्थितिको निकासका रूपमा व्याख्या गरे। राष्ट्रपतिले भनेका छन्, ‘यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो।’ आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।’ निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ परिपक्व बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ।...