कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा - MirrorNepal.com

कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा


काठमाडौँ  । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। सभापति गगन थापाले शुक्रबार केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नुअघि पौडेलले राजीनामा दिएका हुन्।

पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । उनले लामो समयसम्म केन्द्रीय कार्यालयको प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए।

राजीनामाबारे प्रतिक्रिया दिँदै पौडेलले भने, ‘मैले राजीनामा दिएको छु। म आफ्नो निर्वाचन क्षेत्रमा खटिनुपर्ने भएकाले यो निर्णय गरेँ। अब रुख चिह्नलाई जिताउन लाग्नेछु।’

तपाईको बिचार