कांग्रेसका सबै गुट भत्किए : महामन्त्री घिमिरे - MirrorNepal.com

कांग्रेसका सबै गुट भत्किए : महामन्त्री घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका सबै गुट भत्किएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री घिमिरेले विशेष महाधिवेशनपछि कांग्रेस भित्रका पुराना सबै गुट भत्किएको दाबी गरेका हुन् ।

घिमिरेले पुराना गुटहरू भत्किएर यतिबेला सिङ्गो कांग्रेस बनेको बताए । उनले भने, ‘कांग्रेसका पुराना सबै गुट भत्किएर प्युरिफिकेसन भएको छ। कांग्रेस एक ढिक्का भएको छ। अब, हामी सबै नेपाली कांग्रेस भएका छौँ ।’ घिमिरेले कांग्रेसमा कुनै विवाद नभएको दाबीसमेत गरेका छन् ।

घिमिरेले माघ ९ गते पार्टी सभापति गगनकुमार थापाले पदबाहली गर्ने जानकारी दिए । उनले कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समयमा नहुने बताएका छन् । उनले निर्धारित समयमा महाधिवेशन सम्भव नभएकाले आगामी पुसमा कांग्रेसको १५ औँ महाअधिवेशन हुने जानकारी दिए । उनले भने, ‘निर्धारित समयमा महाधिवेशन सम्भव हुने अवस्था छैन। त्यही कारण अबको एक वर्षभित्र २०८३ को पुस महिनामा नियमित महाधिवेशन हुन्छ ।’

घिमिरेले नोपली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा १ सय १० सिट जित्ने दाबी पनि गरे । उनले कांग्रेसको बिरासतका रूपमा रहेको मोरङ क्षेत्र नम्बर ४ मा केही वर्षदेखि गुमेको विरासत यस पटक फर्काउने दाबी गरे ।

तपाईको बिचार