अखिलका उपाध्यक्ष कार्कीसहित केन्द्रिय नेताहरू एमाले फर्किए - MirrorNepal.com

अखिलका उपाध्यक्ष कार्कीसहित केन्द्रिय नेताहरू एमाले फर्किए


काठमाडौं । नेकपा (संयुक्त) समर्थित विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष सुमन कार्कीसहित पार्टी नेताहरू एमाले फर्किएका छन् । शनिबार झापा– ५ निर्वाचन परिचालनको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्कीसहित पार्टीका केन्द्रिय सदस्य चिरनजीवी भट्टराई र पवित्रराम थापा तथा कोशी प्रदेश कमिटी सचिवालय सदस्य श्यामनारायण राजधामी र ब्रह्मदेव यादव एमाले फर्किएका हुन् ।

यसैगरी पार्टीको सुनसरी जिल्ला कमिटी सदस्यहरू रातोकुमारी राजधामी, संगीता शर्मा सहित अन्य नेताहरु झलक वन, चन्द्रभुषण झा, पुष्पनारायण राजधामी, सत्यनारायण चौधरी, दुर्गा लुइँटेल, सीमा माझी, लोकनाथ कार्की, इन्द्रदेव बुधनगरीया, जाकीर आलमलगायत पनि एमाले फर्किएका छन् ।

तत्कालीन नेकपा एस हुँदै घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) को केन्द्रिय सदस्य बनेका चिरनजीवी भट्टराईले नेपालको वाम आन्दोलनको मुख्य शक्ति एमाले नै हो भन्ने बुझेर फर्किएको जानकारी दिए ।

‘टुटफुटले नयाँ वाम शक्ति बन्ने देखिएन,’ उनले भने, ‘समकालीन राजनीतिलाई नियाल्दा देश संकटमा छ र राष्ट्रियताका मुद्दाका बारे ओली नेतृत्वकै दल एमालेसँग प्रष्ट बुझाइ रहेको देखेर हामी पुरानै ठाउँमा फर्किएका हौँ ।’

तपाईको बिचार