नेकपा खोटाङका उम्मेदवार डा. रोकाको चुनावी अपिल ११ भाषामा - MirrorNepal.com

नेकपा खोटाङका उम्मेदवार डा. रोकाको चुनावी अपिल ११ भाषामा


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल ११ भाषामा तयार पारिएको छ । नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा. रोकाले चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरेका हुन् ।

खस नेपाली भाषासहित ११ भाषामा डा. रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिए । उम्मेदवार डा. रोकाको पक्षमा चुनावी माहोल सृजना गर्नका लागि ‘हरि रोका जिताऔँ’ सहयोग समितिले प्रचार सामग्री तयार पारेको हो ।

मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई अपिलको एकापट्टि मातृभाषामा र अर्कापट्टि खस नेपाली भाषामा डा. रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । विभिन्न जातजातिका मतदातालाई उनीहरूकै भाषामा उम्मेदारको चुनावी एजेन्डाबारे जानकारी दिन भातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवं पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले बताए । -रासस

तपाईको बिचार