काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ । गुण्डीस्थित ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचनतर्फ निर्वाचित हुने १६ जना सांसदको नाम टुंगो लगाएको हो ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एमालेले १६ सिट जितेको छ । सोही सिटका लागि निर्वाचन आयोगमा सिफारिस गर्नुपर्ने १६ सांसदको नाम टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार अब एमालेले आयोगमा नाम सिफारिस गर्नेछ ।
यी हुन् समानुपातिक तर्फका १६ सांसदको नाम :
जनजाति -महिला
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
जनजाति-पुरुष
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस -आर्य=महिला
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–यशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
खस -आर्य=पुरुष
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राणा (पुरुष)
दलित-महिला
–विष्णुमाया विक
–नीता घतानी
मधेसी-महिला
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
मधेसी-पुरुष
–चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम-महिला
–साजिदा सिद्दीकी
तपाईको बिचार