काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।
यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको बिचार