ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता बन्दै - MirrorNepal.com

ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता बन्दै


  • Mirror Nepal २ चैत २०८२, मङ्गलबार २०:४७:३३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने लगभग निश्चित भएको छ। जुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका उनी पार्टीका एकमात्र प्रत्यक्ष विजेता हुन्।

यसपटक पार्टी ५ सिटमा सीमित भए पनि शाहीको जितले राष्ट्रिय पार्टीको मान्यता जोगिएको छ। यही कारण पार्टीभित्र उनको नेतृत्वप्रति समर्थन बलियो देखिएको हो।

औपचारिक निर्णय भने पार्टी बैठकबाट हुनेछ । तर नेताहरूले संसदीय दलको नेतामा शाहीबाहेक अन्य विकल्प नरहेको बताएका छन् । शाहीले लगातार दोस्रोपटक जुम्लाबाट जितेका हुन् ।

शाही अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा थिए ।

तपाईको बिचार