काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।
उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएकोे छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए । मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् ।
रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।
यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ। अझै एक जना मन्त्री नियुक्त गर्न बाँकी छ। शाह नेतृत्वको मन्त्रिपरिषद्को पारित गरेको गरेको सय बुँदे कार्यसूचीमा मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने उल्लेख छ।
तपाईको बिचार