सबै छानबिनका लागि तयार छु : संयोजक प्रचण्ड - MirrorNepal.com

सबै छानबिनका लागि तयार छु : संयोजक प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारका छानबिनका लागि तयार रहेको बताएका छन् ।

शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे।

उनले भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ, तपाईंहरूले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु।’

प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै त्यसको सामना गर्न आफू नडराउने बताए।

त्यस्तै, वर्तमान सरकारको कार्यशैलीबारे उठाइएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्न उपयुक्त समय नभएको बताएका छन्।

तपाईको बिचार