एमालेको प्रमुख सचेतक बने ऐन महर - MirrorNepal.com

एमालेको प्रमुख सचेतक बने ऐन महर


  • MNN १० बैशाख २०८३, शुक्रवार १९:३१:१६

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट प्रत्य्क्ष निर्वाचित भएका थिए ।

त्यस्तै सचेतकमा निता घतानीलाई मनोनयन गरिएको छ ।

तपाईको बिचार