राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्रीको भेट - MirrorNepal.com

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्रीको भेट


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेका हुन् ।

छलफलमा अर्थमन्त्री वाग्लेले हाल सरकार स्पष्ट ‘रोडम्याप’मा अघि बढिरहेको भन्दै ‘यो सम्भव छैन’ भन्ने नभएर ‘यो सम्भव बनाउन के गर्ने ?’ भन्ने तरिकाबाट अघि बढिरहेको बताएका छन् ।

त्यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक र अर्थमन्त्रीबीचको भेटमा बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन, आर्थिक सुधारको उपाय, उत्पादन, रोजगारी तथा पूँजी बजार, रियल स्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।

तपाईको बिचार