नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रीय समिति बैठक आव्हान - MirrorNepal.com

नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रीय समिति बैठक आव्हान


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

भदौ २२ गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बस्ने गरी नवौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बोलाएको हो।

स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इन्चार्ज अनिल शर्माका अनुसार केन्द्रीय समिति बैठकअघि भदौ १४ गते स्थायी र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्नेछ।

नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने निर्णय गरेपछि बोलाइएको नेकपाको बैठकको मुख्य एजेन्डा बन्नेछ। त्यसबाहेक समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाका गतिविधि, आवधिक योजनालगायत विषयमा पनि छलफल हुने जनाइएको छ।

तपाईको बिचार