अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक - MirrorNepal.com

अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस र एमाले संसदीय दलमा उनीहरूले आ-आफ्ना सांसदहरूको हस्ताक्षरसमेत लिएका छन्। तर तत्काल प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेमा कांग्रेस र एमालेमा अन्यौलता देखिन्छ।

बूढानीलकण्ठमा मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुखलाई हटाउने भए प्रस्ताव लैजानुअघि सरकारमा रहेका अरू साना दलहरूसँग पनि कुरा गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

तपाईको बिचार