माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा पार्टी कार्यालय अवलोकन - MirrorNepal.com

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा पार्टी कार्यालय अवलोकन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी कार्यालय बनाउने बताएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएको पेरिसडाँडास्थित पार्टी मुख्यालय अनुगमन गरेपछि प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको भन्दै ती जोगाउन भूमिका खेलेकोप्रति कर्मचारी र कार्यकर्ताहरूलाई धन्यवाद दिए ।

जेनजी आन्दोलन चर्कंदै जाँदा प्रचण्डलाई सेनाले भदौ २४ गतेदेखि सुरक्षा घेरामा राखेको थियो । सुरक्षा ‘थ्रेट’ नरहेपछि सोमबार उनी सेनाको घेराबाट बाहिरिएका हुन् ।

उनले भने-“पार्टी कार्यालयमा बचाउन भूमिका खेल्ने साथीहरूलाई धन्यवाद दिंदै युवा साथीहरूले दुई दिनमै सफाइ गरिसक्नुभएको रहेछ।  अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टीपंक्तिको सहयोगमा बनाइनेछ।’

भदौ २३ र २४ को जेनजी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड सेनाको सुरक्षामा थिए।

तपाईको बिचार