काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन् । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेको छ ।
श्रोतका अनुसार कांग्रेसले तत्काल कसैलाई पनि कार्यवहाक सभापतिको जिम्मेवारी नदिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले तत्काल कसैलाई कार्यवहाक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको हो।
बैठकले कार्यवहाक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । ‘आजको बैठकले अहिले कसैलाई कार्यवहाक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ’ उनले भने।
आजको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो। भदौ २४ मा भएको जेनजीको आन्दोलनपछि सत्ताबाहिर पुगेको कांग्रेसको आज बसेको बैठकले कार्यवहाक र विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै छलफल हुने निर्णय गरेको हो।
अहिले देउवा घाइते छन्। जेनजी आन्दोलनकारीको आक्रमणमा बूढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ भने उनी र उनकी श्रीमती आरजु राणा देउवा घाइते छन्। उनीहरू उपचाररत छन्।
जेनजी आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालय पनि तोडफोड र आगजनी गरेका थिए। आजको बैठक उक्त आगजनी र तोडफोड भएकै कार्यालयमा बसेको हो।
तपाईको बिचार