कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक - MirrorNepal.com

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुनेछन् । जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो ।

तपाईको बिचार