काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
यसअघि देउवाले कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग अलग्गै छलफल गरेका थिए।
सभापति देउवाको अस्वीकारबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ। महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।
यसैबीच विशेष महाधिवेशनले कार्यविधि समेत पारित गरिसकेको छ। कार्यविधि पारित भएपछि उत्पन्न राजनीतिक र संगठनात्मक अवस्थाबारे धारणा बनाउन देउवाले आफू निकटस्थ नेताहरूसँग छलफल गर्न लागेको बुझिएको छ।
विशेष महाधिवेशनका आगामी निर्णय र पार्टीको भावी नेतृत्व संरचनाबारे छलफल केन्द्रित रहने नेताहरूको भनाइ छ।
तपाईको बिचार